के कारणले आउँछन् डरलाग्दो सपना

भक्तपुर न्यूज

११ वैशाख २०७६ ५:५१

के कारणले आउँछन्  डरलाग्दो सपना

काठमाडौं । कतिपय मान्छेहरु राती डरलाग्दो सपना देखेर तर्सिने गर्छन् । डरलाग्दो सपना देखेपछि व्युँझँदा तपाईँको निधार तथा शरीरमा पसिना आएको हुन सक्छ । मुटुको ढुकढुकी बढेर तपाईँ सपनामा नभएर बिपनामै डराएको पनि लाग्न सक्छ । आखिर के कारणले आउँछन् त यस्ता डरलाग्दो सपना ?

आज हामी तपाईलाई यसबारे जानकारी दिने प्रयास गर्नेछौं । डरलाग्दा सपनाको कारण अनेक हुने गर्दछन् । हाम्रो सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्दछ । तर, सामान्यतः तनावको कारणले मानिसहरुले डरलाग्दो सपना देख्ने गरेको पाइन्छ ।

यदि हामी कुनै विषयका कारण तनावमा हुनुहुन्छ भने डरालाग्दो सपना देखिन स्वाभाविक हो । कुनै घटनाले हामीलाई आघात परेको छ भने पनि डरलाग्दो सपना आउन सक्छ । हाम्रो समाजमा डरलाग्दा सपनाले भविष्यको संकेत गर्ने तथा भूतप्रेत, बोक्सी जस्ता विषयहरुसँग जोड्ने गरिएको छ ।

विश्वास पनि गरिन्छ, कुनै बिरामी, ज्वरो आदिका समयमा पनि डरलाग्दो सपना आउने गर्छ । तर, बैज्ञानिकहरुले यस विषयमा गहिरो अध्ययन गरे पछि डर लाग्दो सपना देखिनुको कारण तथा यसको समाधान कसरी गर्ने उपाय पत्ता लगाएका छन् ।

अध्यनका अनुसार मानिसले देख्ने सपना उनीहरुको सुताईको अवस्थामा भर पर्ने निस्कर्ष निक्लिएको छ । जो व्यक्तिहरु आफ्नो शरीरलाई बाँया तिर कोल्टो पारेर सुत्छन् तिनीहरुलाई ४० प्रतिशत डरलाग्दो सपनाले सताउने र उनीहरुको निन्द्रा बिग्रेको पाइयो ।

तर, दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुमा यस्तो सपना १४.६ प्रतिशत मात्रा पाइने र उनीहरुको निन्द्रा सुखद र आनन्ददायी हुन्छ ।

प्रकाशित मितिः २०७६ वैशाख ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *