दिउँसो सुत्नु ज्यादै घातक

भक्तपुर न्यूज

३ वैशाख २०७६ ५:३९

दिउँसो सुत्नु ज्यादै घातक

काठमाडौ । दिउँसो कत्तिको सुत्नु हुन्छ ? तपाईलाई थाह नहुन सक्छ , दिउँसो सुत्नु ज्यादै घातक हुन्छ ।

रातभरी काम गर्नेहरुलाई त दिनमा सुत्न आवश्यक्ता नै हो । तर यो बाहेक अरु जो रातभर सुतेर दिउँसोपनि सुत्ने बानी छ भने सचेत बनेर यो बानी हटाउदाँ नै उत्तम हुन्छ ।

दिउँसै सुत्ने सुताहाका विषयमा भएको सर्वेले दिउँसो सुत्नुका विभिान्न बेफाइदा पत्ता लगाएको छ । सर्वेका अनुसार दिउँसो सुत्ने मानिसमा हार्टएट्याक हुन सक्ने सम्भावना बढि हुन्छ ।

अनुसन्धान कर्ताका अनुसार दिउँसो १ घण्टा भन्दा बढि सुत्नु धेरै नै हानिकारक छ । यो शोधको निष्कर्षमा दिउँसो १ घण्टा भन्दा बढि सुत्ने मानिसलाई निन्द्रासंग जोडिएको समस्याहरु, हार्टएट्याक, टाइप टू डायविटिज, र बे्रन ह्याम्रेज जस्ता समस्या देखिन सक्छ ।

यसैगरी आयूर्वेदले समेत दिउँसो सुत्नुलाई राम्रो बानी नभएको बताउछ । आयूर्वेदका अनुसार दिउँसो सुत्ने मानिसमा बिभिन्न रोगले आक्रमण गर्ने सम्भावना बढि हुन्छ ।

आयूर्वेदमा मानव शरीर र मानसिक स्थितिलाई आधार मानेर दिनमा कस्ले सुत्न हुने र नहुने, कसलाई कति हानि गर्ने भनेर समेत उल्लेख गरिएको छ ।

आयूर्वेदको वर्गिकरण अनुसार लगातार अध्ययन गर्ने विद्यार्थी, जेष्ठ नगारीक, वातका विरामी लगायतका रोगी कडा शारीरिक श्रम गर्ने व्यक्ति तथा शरीरको तौल बढाउन चाहनेले भने दिउँसो सुत्नु फाइदाकारी हुने उल्लेख छ ।

प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *