रोबोटमार्फत गर्भ प्रत्यारोपण गराएकी महिलाले छोरा जन्माइन्

भक्तपुर न्यूज

२८ चैत २०७५ ७:२३

रोबोटमार्फत गर्भ प्रत्यारोपण गराएकी महिलाले छोरा जन्माइन्

काठमाडौं । स्वीडेनमा विश्वमै पहिलोपटक रोबोटमार्फत गर्भ प्रत्यारोपण गराइ एक महिलाले छोरालाई जन्म दिएकी छन् ।

नाम नखुलाइएकी स्वीडेनकी सो महिलाले २.९ किलो तौल रहेको बालकलाई ३६ हप्तापछि शल्यक्रियामार्फत जन्म दिएकी हुन् । २०१७ मा उनीमाथि गरिएको सो प्रक्रिया विश्व चिकित्सा क्षेत्रकै पहिलो रहेको बताइएको थियो । यस्तोमा गत जनवरीमा उनी गर्भवती भएको खबरले सबैको ध्यानाकर्षण गराएको थियो ।

रोबोट प्रयोग गरि गर्भाशय प्रत्यारोपण गरिएपछि सन्तान जन्माउने यिनी पहिलो महिला हुन् । उनीबाहेक अन्य पाँचजनाको पनि रोबोटमार्फत गर्भ प्रत्यारोपणको शल्यक्रिया गरिएको थियो तर उनीहरु हालसम्म गर्भवती भएका छैनन् ।


यसरी उमेर पनि नखुलाइएको सो महिलालाई सन् २०१७ अक्टोबरमा सल्ग्रेन्स्का युनिभर्सिटी अस्पतालमा अर्की एक महिलाले गर्भ दान गरेकी हुन् । उनको पहिल्यै देखि गर्भ नभएको वा क्यान्सर अथवा अन्य रोगका कारण गर्भाशय फाल्नुपरेको भन्नेबारे पनि स्पष्ट जानकारी प्राप्त भएको छैन ।

यसरी बिरामीको कम रगत खेर जाने र प्रत्यारोपणपछि थोरै समय मात्र अस्पतालमा बिताउनुपर्ने हुँदा यो प्रक्रिया अत्यन्तै प्रभावकारी मानिएको हो । स्वीडेनपछि अमेरिका, ब्राजिल, सर्बिया र भारतमा पनि गर्भाशय प्रत्यारोपण मार्फत महिलाहरुले सन्तान जन्माइसकेको संचार माध्यम डेलीमेलले जनाएको छ । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *