डिप्रेसन भएका मानिसमाथि परिवार र साथीहरूको भूमिका यस्तो रहनुपर्छ
भक्तपुर । डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ ।
डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ ।
परिवार र साथीभाइको भूमिका:
१. आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस्, उनीहरूसँग गफ गर्नुहोस् र उनीहरूलाई हौसला प्रदान गर्नुहोस् ।
२. डिप्रेसन भएका मानिसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुहोस् ।
३. यो धेरै जनालाई हुने समस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।
४. बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस् ।
५. उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल गर्नुहोस् र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस् ।
६. चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस् । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस् ।
७. उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस् ।
प्रकाशित मितिः२०७५ चैत २७ बुधबार