हृदयघात हुनबाट कसरी जोगिने ?
भक्तपुर । हृदयघात, यो समस्या जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ । यस समस्याको कारण मानिसको ज्यानै पनि जाने गरेको पाइन्छ । विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ ।
पुरुष–महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटुरोग प्राणघातक भए तापनि ८०५ हृदयघात हर्ट अट्याक रोकथाम गर्न सकिन्छ । हृदयघात मानिसको लापरवाही कै कारणले गर्दा हुन्छ । चिल्लो धेरै खानु, शारीरिक व्यायाम गर्न अल्छी मान्नु, धेरै तनाव लिनु जस्ता कारणहरुले गर्दा मानिसलाई ह्रदयघात हुने गर्छ ।
मुटुका केही रोगहरू जस्तैः उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ । यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ ।
त्यसैले यस समस्याबाट बच्नको लागी हामीले हाम्रो दैनिक जीवनशैलीमा निकै ध्यान पुर्याउनुपर्छ । यसबाट बच्न हामीले रातो मासु, चिल्लो, मसलेदार परिकार खान हुँदैन । धुम्रपान गर्नुहुँदैन भने चिसोबाट जोगिनु पर्दछ । सक्रिय जीवनशैली अपनाउने, तनाव कम गर्ने तथा नियमित शारीरिक व्यायाम गर्ने गर्नुपर्दछ ।
यसबाट बच्ने अन्य उपायहरू यस्ता छन्ः
–धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस् सूर्ति र तमाखु, सिगरेट ९चुरोट०, सिगार अथवा खैनी–सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ । यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो ।
–सेकेण्ड–ह्यान्ड धूम्रपान अर्थात् तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु०को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
–स्वस्थ भोजनः प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस् ।
–नियमित शारिरिक कसरत र व्यायाम गर्नुहोस् दैनिक रूपमा ३० मिनेट ९आधा घण्टा० मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो ।
प्रकाशित मितिः२०७५ चैत २४ आइतबार