मोटोपना अग्न्याशयको क्यान्सरको सुचक

भक्तपुर न्यूज

२३ चैत २०७५ ३:४७

मोटोपना अग्न्याशयको क्यान्सरको सुचक

काठमाडौं । मोटोपना स्वास्थ्यकोलागि सधै खतरा हुने गरेको छ । विभिन्न अध्ययनले मोटोपनाका विषयमा विभिन्न निष्कर्ष निकाल्दै आएको छ । यस्तै एक अध्ययनले पचास वर्ष भन्दा अघि अधिक मोटोपना हुनु अग्न्याशयको क्यान्सर ( pancreas cancer )  हुने खतराको सुचकका रुपमा देखाएको छ ।

शोधकर्ताहरुले ५० वर्षभन्दा मुनिकाहरुमा अग्न्याशयको क्यान्सर र मृत्युको खतरा औल्याएका हुन् ।  शोधकर्ताहरुले अग्न्याशयको क्यान्सर तुलनात्मक रुपमा कम देखिएको छ । सबैखाले क्यान्सरको प्रकारमध्ये अग्न्याशयको क्यान्सर तीन प्रतिशत रहेको छ ।

तर यो क्यान्सरकै कारण मृत्यु हुनेको प्रतिशत भने उच्च रहेको छ । अग्न्याशयको क्यान्सर भएका मध्ये पछिल्लो ५ वर्षमा ८.५ प्रतिशतको मात्रै उपचार सफल भएको छ ।

अमेरीकन क्यान्सर सोसाइटीमा इपिडिमियोलोजी रिसर्चका वरिष्ठ वैज्ञानिक एरिक जे ज्याकब्सले सन् २००० पछि अग्न्याशयको क्यान्सरका विरामी विस्तारै बढ्दै गएको बताए । उनका अनुसार अग्न्याशयको क्यान्सरको कारण धुम्रपान भएको बताए ।

शोधकर्ताहरुले ९६३,३१७ जनाको तथ्यांक परीक्षण गर्दा सबैले पहिले तौल बढ्न सुरु भएको बताएका थिए ।  ज्याकब्सले अध्ययनको निष्कर्ष अनुसार अधिक तौल अग्न्याशयको क्यान्सरको सम्भावना हुने खतरा धेरै हुने देखिएको बताए ।

प्रकाशित मितिः२०७५ चैत २३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *