अनुहारको दाग, डण्डीफोर, चायाँ र दादका समस्याका लागि बेसार अचूक औषधि

भक्तपुर न्यूज

२१ चैत २०७५ ७:४२

अनुहारको दाग, डण्डीफोर, चायाँ र दादका समस्याका लागि बेसार अचूक औषधि

काठमाडौं । बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो । यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ । बेसारको रंग पहेंलो हुन्छ । त्यसैले बेसारले परिकारको रंग पनि पहेंलो बनाउछ ।

बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ । यसको जराआयुर्वेदीक ओखती बनाउनमा पनि प्रयोग गरिन्छ ।

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ । घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ । यस्तै अनुहार सुख्खा भएमा पनि यो अचूक औषधि बन्न सक्छ ।

मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

यसका अन्य फाइदाहरू यस्ता छन्ः
१। मर्केको, चोट लागेको र सुनिएकोमा– घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

२। पेट फुल्ने रोग भएमा– हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र एक चम्चा नून १ गिलास पानीमा पकाएर बिहान र बेलुका खानाले ठिक हुन्छ ।

३। धेरै पिसाब लागेमा– धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह ९डायबिटिज० भएमा पनि बिहान र बेलुका १–१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १–२ हप्तामै ठिक हुन्छ ।

४। रुघा लागेमा, सर्दि भएमा– ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

५। आँखाको कमजोरीमा– राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १–२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

६। दाँत बलियो बनाउन– रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १–२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।

७। कुनैपनि घाउ, खटिरा वा काटेकोमा– राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *