गर्मीले पेट पोलेमा उखु हुनेछ अचूक औषधि, यस्ता छन् यसका फाइदाहरू
काठमाडौं । मिश्री उखुको रसद्धारा निर्मित गुलियो ठोस् पदार्थ हो । यसले हामीलाई गर्मीको समयमा औधी फाइदा गर्छ । उखुको रसले हाम्रो शरीरलाई गर्मीको समयमा शितल बनाउने काम गर्छ ।
यसैगरी यसले हाम्रो शरीरमा पानीको कमी हुन नदिनको लागि पनि निकै मद्दत गर्छ । त्यसैले उखुको रस गर्मीको समयमा हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक छ । हाम्रो शरीरलाई चिसो बनाउन मात्र नभई यसले हाम्रो स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरू पुर्याउँछ ।
गर्मीले पेट पोल्ने समस्या भएमा उखु अचूक औषधि बन्न सक्छ । धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १-१ चम्चा बिहानरबेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
यसका अन्य फाइदाहरू यस्ता छन्ः
१. कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
२. दम खोकीमा
एक चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुँदै जान्छ । आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहानर दिउँसोर वेलुका खाने गरेमा ठीक हुन्छ ।
३. पित्तको ज्वरो आएमा
सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहोस् र आधा भएपछि छानेर सेवन गर्नुहोस्, २–३ दिनमा नै ठीक हुन्छ ।
४. शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान र बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
५. घाँटी दुखेमा
राती सुत्ने बेलामा ८–१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।
६. हातगोडा पोल्नेमा
सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एकरएक चम्चा चूर्ण पानीसँग सेवन गर्नुहोस ।
७. शरीर सुन्निएमा
दतिउनको चार–पाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहान र बेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ ।
८. घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०–१२ पात तुलसी ४–५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २–३ मात्रामै ठीक भएर आउँछ ।
प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार