यसरी हटाउनुहोस काखीको दुर्गन्ध
काठमाडौं । गर्मीयाममा हामी मध्ये धेरैले भोग्ने गरेको समस्या भनेको सबैभन्दा ठुलो समस्या भनेको काखी गन्हाउने हो । गर्मीयाम सुरु भईसकेको छ । अब यो समस्या पनि बढ्न थाल्छ । कतिपयको काखी गन्हाउने सामन्य भएपनि कसैकसैको भने अति नै हुन्छ ।
कसैकसैलाई यसले ठुलो समस्या पनि पार्ने गर्छ । विहान नुहाएर गएको भएपनि दिउँसो कार्यालय वा सार्वजनिक स्थलमा पुग्दा अरुले नै थाहा पाउने अबस्था पनि हुन सक्छ । तर, काखी गन्हाउँछ र तनाबमा हुनुहुन्छ भने केही यस्ता उपायहरु छन् जुन कार्य गर्दा यसबाट मुक्ति पाउन सकिन्छ । काखी गन्हाउने समस्या हटाउन तपाईले पहिलो कुरा त सरसफाई मै ध्यान दिनु पर्ने हुन्छ । काखीमा पसिना आउनु सामान्य प्रकृया हो यसलाई रोक्न सकिन्न अनि पसिनाको कारण काखीमा व्याक्टेरिया उत्पन्न हुन्छ ।
यसबाट बच्न गर्मी महिनामा कम्तिमा दिनमा एक पटक नुहाउन आवस्यक हुन्छ । नुहाउदा एण्टीब्याक्टेरियल साबुन प्रयोग गर्नु उत्तम हुन्छ । यसैगरी तपाईले लगाउने कपडाको कारण पनि यस्तो समस्यालाई घटाउने र बढाउने हुन सक्छ । कत्तिको याद गर्नु भएको छ । तपाईले सुतिको कपडा र हावा छिर्नेगरी खुकुलो कपडा लगाउदा काखी गन्हाउने समस्या अलिक कम हुन्छ ।
पसिना नसोस्ने र छालामा पनि असर नगर्ने फाइबर तथा सिन्थेटिक्स मिसिएको कपडा लगाउदाँ पनि केही राहत पाइन्छ । तपाईको काखी गन्हाउछ भने तपाईले खानापानमा पनि विशेष ध्यान दिनु पर्छ । गर्मी मौसममा कफी, जंक फुड र तेलीय खानेकुराको सेवन नगर्नु नै उत्तम हुन्छ यसो गर्न नसकेपनि हदैसम्म कममात्रामा खाने गर्दा पनि फाइदा हुन्छ ।
किनकी यी बस्तुमा पाइने क्याफिनले पसिना सम्बन्धि ग्रन्थिलाई सकृय बनाउने हुदाँ पसिना आउने क्रम बढछ । पसिना धेर आएपछि गन्हाउने त भई नै हाल्यो । मौसमी फलफुल तथा पानी अधिक पिउने गर्नु भयो भने पनि यो समस्या हटाउन सकिन्छ ।
यति गर्दा समेत काखी गन्हाउन छोडेन भने कागतीको रस काखीमा लगाउनु पनि विकल्प हो । कागती काटेर काखीमा लगाउने र सुकेपछि कपडा लगाउदा तपाईको काखी गन्हाउदैन् । तर यो नुहाउनु भन्दा केहीबेर अगाडी गर्नु उत्तम हुन्छ ।
तुलसी र निम पत्ता दुबैमा ब्याक्टेरिया नष्ट गर्ने शक्ति हुन्छ । तुलसी वा निमपत्ताको लेप पसिना आएको ठाँउमा वा काखीमा लगाएर केही समय सुकेपछि नुहाउदा राम्रो हुन्छ । यसरी हप्तामा ३ पटक बढी यो प्रकृया गरे फाइदा गर्छ ।
प्रकाशित मितिः२०७५ चैत १८ सोमबार