नियमित यौन सम्पर्क गर्नेहरुको हुन्छ मुटु दह्रो

भक्तपुर न्यूज

१६ चैत २०७५ ६:०९

नियमित यौन सम्पर्क गर्नेहरुको हुन्छ मुटु दह्रो

काठमाडौं । हाम्रो समाजमा यौनका विषयमा कुरा गर्ने खुलापन छैन् । यौनका विषयमा आउने कौतुहलता वा जिज्ञासा मेट्न कसैसंग खुलेर छलफल गर्ने सायदै कसैको हिम्मत होला । तर तपाईलाई कत्तिको थाहा छ , यौन सम्पर्क गर्नु पनि व्यायम गर्नु जस्तै लाभदायक हुन्छ ।

यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम नै हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ । यौन सम्पर्क नियमित गर्ने व्यक्तिको व्लड प्रेसर समेत नियन्त्रण हुने विज्ञहरु बताउछन् ।

वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्षसम्म बढने धारणा राख्छन् । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।

यौनसम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछअनि यौन सम्पर्कका बेला उत्पादन हुने हार्मोनले पनि दिमागमा ताजगी भर्ने उनीहरुको भनाई छ । यौन सम्पर्क तालिका मिलाएर गर्नुको मतलब हो समुचित शारीरिक श्रम गर्नु । शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । अनी मुटु बलियो हुनु नै हृदयघात हुने सम्भावना समेत कम हुनु हो ।

कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने भ्रम समेत पालेको भेटिन्छ तर यो मान्यता गलत छ । यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव र दुई तले घरको भर्याङ चढ्दा हुने दवाब बराबर हो । यसको अर्थ हुन्छ जुन व्यक्ति दुई तला माथि सहजै चढ्न सक्छ त्यो व्यक्ति यौन सम्पर्क गर्न सक्षम छ ।

बरिष्ट मुटूरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले भ¥याङबाट दुई तला माथि उक्लन सक्ने व्यक्तिले सहजै यौनसम्पर्क गर्न बताए । यस्तै यौन सम्पर्क पछि आरामको निन्द्रा लाग्ने हुदाँ मानसिक रोग लाग्न समेत नदिने विज्ञहरु बताउछन् ।

तालिका अनुसार नियमित महिनामा २१ पटक सम्म यौन सम्पर्क गर्दा पुरुषहरुमा हुने प्रोष्टेट क्यान्सरको खतरा समेत कम हुन्छ । यौन सम्पर्कको अर्को फाइदा भनेको स्मरण शक्ति बढाउन पनि लाभदायक छ । अध्ययनहरुले यौन सम्पर्कको बेला दिमाग दवाब मुक्त हुने हुदाँ रिफ्रेस हुने र स्मरण शक्ति बढ्ने निष्कर्ष निकालेका छन् ।

प्रकाशित मितिः२०७५ चैत १६ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *