एसईई अन्तर्गत शुक्रबार सामाजिक विषयको परीक्षा स्थगित

भक्तपुर न्यूज

१५ चैत २०७५ ५:२२

एसईई अन्तर्गत शुक्रबार सामाजिक विषयको परीक्षा स्थगित

धनुषा । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत शुक्रबार सामाजिक विषयको परीक्षा स्थगित गरिएको छ ।

शुक्रबारका लागि तयार भएको अनिवार्य समाजिक विषयको प्रश्नपत्र बिहीबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सामाजिक विषयको समूह ‘ए’ पश्नपत्र भेटिएपछि स्थगित गरिए पनि सोही विषयको एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत् रहने प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

स्थगित परीक्षा अब चैत २३ गते हुने शर्माले बताए । यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । त्यसबारे छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि आउट भएको हो ।

प्रकाशित मितिः२०७५ चैत १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *