हिस्टेरिया लाग्नुका कारण

भक्तपुर न्यूज

१४ चैत २०७५ ५:१७

हिस्टेरिया लाग्नुका कारण

काठमाडौं  हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने रोगलाई हो ।

हिस्टेरिया मनोवैज्ञानिक अवस्था हो । बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

हिस्टेरियाका लक्षणहरु

हिस्टेरियाका लक्षण हरु संस्कृति, धर्म, रीतिरिवाज, सामाजिक अवस्था, व्यक्तिगत मनोदशाले प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु विभिन्न जातजाति, समुदाय र धर्मावलम्बी हरु बीच फरक हुन सक्छन् । प्राय गरेर यी लक्षण देखापर्छन् ।

–मुर्छा पर्ने,
–बिर्सिर्ने,
–एक्लै बस्न रूचाउने,
–रुने,
–कराउने,
–काम्ने,
–फिँज काढ्ने,
–उत्तेजित हुने,
–बर्बराउने ।

हिस्टेरिया हुनुका कारणहरू

समाजमा हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिने भन्दा बढी महत्त्व दिएको पाइन्छ । हिस्टेरिया हुनुका विभिन्न कारणहरु हुनसक्छन जस्तै, कुनै दुर्घटना, बालबालिकाहरुको यौनशोषण, हिंसात्मक घटना, यस किसिमको घटना लाई अभिभावक वा अन्य अरू सँग परामर्स गर्न नसक्दा यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।

यस्तो मनोअवस्था बाट गुज्रिरहेका व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरुले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मनोविशेषज्ञहरुले विभिन्न प्राविधिक उपायहरु पनि अवलम्बन गरेर व्यक्तिको मनोदशा पत्ता लगाउने प्रयास गर्छन् ।

यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मिश्रित मनोवैज्ञानिक कारणले हुन सक्छ ।

समाज

हिस्टेरिया शब्द लाई आजकल मनोरोग विशेषज्ञहरुले त्यति प्रयोगमा ल्याउँदैनन् । हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्या सँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । अझ यसमा पनि पुरूष भन्दा महिला धेरै पीडामा परेको पाइन्छ । यस रोगका बारेमा पूर्णा ज्ञान नहुनु र अल्पज्ञानको धारमा कसैको मनोदशा ब्याख्या गर्ने प्रवृत्तिले बिरामीलाई रोग लुकाउन बाध्य पारेको छ ।

अन्धविश्वास

देउता लागेको, विभिन्न देवदवताको स्राप लागेको अथवा भूतप्रेत हरु माथि को अन्धविश्वासले गर्दा यो रोग लागेको भनेर अन्धविश्वास गर्नाले रोगको उचित उपचार पर्न गाह्रो भएको छ । विरामीले उचित परामर्श पाउँदैन र रोगले अझै विकराल रूप लिन्छ ।

यो रोगको यौन सँग सम्बन्ध देखाएर बिरामीलाई उपेक्षा गर्ने परिपाटी पनि छ । बिरामीले संरक्षण अवाभमा आफै पनि यस्तो रोग लुकाउने गर्छन् ।

कुरीति, अशिक्षा, चेतनाको कमी, उचित परामर्शको पहुँच जस्ता कुराले हाम्रो जस्तो देशमा हिस्टेरियाको उपचारमा ढिलाइ हुने गरेको छ ।

उपचार

कुनै व्यक्तिलाई यो रोगको लक्षण देखापर्यो भने उसका नजिकका व्यक्तिहरूको ठूलो भूमिका हुन्छ । अफन्तजनहरूले अत्यन्त संयमित भएर हौसला प्रदान गर्नुपर्छ । समाजले के भन्छ यसको पछि नलागेर, समयमै विशेषज्ञको सल्लाह र सहमतिमा उपचार सुरु गर्नुपर्छ ।

यसका बारेमा भ्रमको पछि नलागेर बिरामीलाई निकोभइ पुन पहिलेकै सामाजिक स्थान दिनुपर्छ । यी र यस्ता रोगहरूको समाजमा खुलेर सहि सूचना प्रवाह गर्नुपर्छ ।

 

प्रकाशित मितिः२०७५ चैत १४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *