पुदिनाको सेवनबाट ब्लडप्रेसर नियन्त्रण

भक्तपुर न्यूज

१२ चैत २०७५ ५:१७

पुदिनाको सेवनबाट ब्लडप्रेसर नियन्त्रण

काठमाडौं । पुदिना हामी अचार बनाउन प्रयोग गर्दछौं । यसलाई कसैले पतेना भन्छन् त कसैले पुधिना पनि भन्ने गर्दछन् । यो हिमाली प्रदेशबाहेक तराई पहाड जहाँ पनि पाइन्छ । पतेना बारीको कुना वा डिलतिर थोरै रोपिदिए पनि धेरै फैलिएर जान्छ । सहर बजारमा गमलामै लगाएर पनि प्रशस्त खान सकिन्छ ।

अचारको रूपमा उपभोग गरिने यो अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले समेत प्रमाणित गरेका छन् । पतेनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । यसैगरी यसले यसले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पतेना ज्यादै उपयोगी मानिन्छ ।

यस्ता छन् यसका अन्य फाइदाहरू

१. यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूट्रिन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ ।

२. यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गानिक रुपमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ ।

३. यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ ।

४. पदेना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ ।

५. यसले आमाशयलाई शक्ति दिनुका साथै गर्भाशयलाई पनि सक्रिय पार्दछ ।

६.यसले महिलाहरूमा हुने महिनावारी रोकिने जस्ता समस्या हटाउँछ ।

७. फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पदेनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पतेना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ ।

८. यसले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ ।

 

प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *