कफी जाडोमा पिउनु स्वास्थ्यका हिसाबले धेरै नै फाइदा

भक्तपुर न्यूज

२७ माघ २०७५ ८:४४

कफी जाडोमा पिउनु स्वास्थ्यका हिसाबले धेरै नै फाइदा

भक्तपुर । जाडो याममा मानिसहरू चिया–कफी धेरै पिउँछन् । जाडोको समयमा बिहान उठ्ने बित्तिकै होस् या दिउँसो होस् मानिसहरु चिया कफी पिइरहेका हुन्छन् ।

आजभोलि मानिसहरू चियाभन्दा पनि कफीमा धेरै आकृष्ट हुन्छन् । कफी पिउनु स्वास्थ्यका हिसाबले पनि राम्रै मानिछ । कफी स्वास्थ्यका लागि फाइदाजनक चिज हो । त्यसमाथि झन् जाडोमा यसले धेरै नै फाइदा गर्छ ।

दूध र चिनीबिनाको कफी पिउँदा अझ बढी लाभ मिल्छ । कफीमा पाइने क्याफिन नामक तत्त्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुन्छ । यसले शरीरमा बेग्लैखालको ऊर्जा दिन्छ ।

कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि निकै उपयोगी मानिन्छ । प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्न सक्ने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार कफीले हृदयाघात र मस्तिष्कघात जोखिमसमेत घटाउँछ ।

जानकारहरूका अनुसार नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने जोखिम कमी हुन्छ । यो पनि बताइन्छ कि, नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ ।

प्रकाशित मितिः २०७५ माघ २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *