हत्केला चिलाउँदा पैसा आउँछ’ भन्ने कुरा भ्रम मात्रै

भक्तपुर न्यूज

१२ माघ २०७५ ६:१२

हत्केला चिलाउँदा पैसा आउँछ’ भन्ने कुरा भ्रम मात्रै

प्रायः मानिसले हत्केला चिलाउनुलाई आय–व्ययसँग सम्बन्धित रहेको ठान्छन् । यो एक परम्परागत सोचाइ हो । जसअनुसार दाहिने हत्केला चिलायो भने आफूसँग रहेको पैसा जान्छ र देब्रे हत्केला चिलायो भने पैसा आउँछ भन्ने चलन छ । तर, चिकित्सक भने यो कुरालाई मान्दैनन् । यो एक किसिमको शारीरिक प्रक्रियाजस्तै हो । हात चिलाउनु रोग नभए पनि विभिन्न तत्वको परिणाम भने हो । तर, हत्केला चिलाउनुको पैसासँग भने कुनै सम्बन्ध छैन । कतिपय अवस्थामा यो रोगको संकेत पनि हुन सक्छ । यसबारे केही जानकारी स्

छालामा समस्या
छालाको समस्याले पनि हत्केला चिलाउन सक्छ । छालासम्बन्धी रोगले औँलाहरूमा प्रभाव पार्छ । गर्मी र जाडोमा छाला सुक्खा हुँदा छाला चिलाउँछ ।

खानेकुरामा एलर्जी
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैमा कुनै खाने कुराले तत्काल असर गर्ने भएकाले यसको प्रत्यक्ष असर हातमा पनि पर्छ । अन्डा, बदाम, दूधजन्य खानेकुराले एलर्जी आउँछ ।

झिँगाको संक्रमण
झिँगा हत्केलाको माथिल्लो भागमा बस्दा यो समस्या आउन सक्छ । विशेषगरी बच्चा र वृद्धवृद्धामा यो समस्या बढी हुने गर्दछ ।

कोषहरू वृद्धि
छालाको कोषहरूमा आउने तीव्र वृद्धिका कारण पनि हत्केला चिलाउने गर्दछ । कतिपय अवस्थामा कन्याउने गर्दा पनि यस्तो हुन्छ । कोषहरू छालाको सतहमा जम्मा भएपछि यो समस्या हुने गर्दछ ।

सुक्खापन
प्रायःजसो छालामा आउने सुक्खापनका कारण यस्तो समस्या आउने गर्दछ । तसर्थ सकेसम्म बाहिर हिँड्दा लोसन वा अन्य चिल्लो पार्ने क्रिमहरूको प्रयोग गर्नु उत्तम हुन्छ ।

डा सुहाना मानन्धर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *