वार्ता गर्न सरकरद्वारा वार्ता टोली गठन

भक्तपुर न्यूज

२९ पुष २०७५ १४:३७

वार्ता गर्न सरकरद्वारा वार्ता टोली गठन

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश सच्याउनु पर्ने लगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आइतबार गठन भएको मन्त्रालयले जनाएको छ ।

टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाइ र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले भोलि ती दुवै सङ्घसँग मागका विषयमा वार्ता हुने जानकारी दिए ।

प्रकाशित मितिः २०७५ पुष २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *