६ महिला र १२ पुरुषमा डेंगुको संक्रमण

भक्तपुर न्यूज

६ पुष २०७५ ५:२१

६ महिला र १२ पुरुषमा डेंगुको संक्रमण

दार्चुला । दार्चुलामा डेंगु रोग देखिएको छ । जिल्ला अस्पतालमा जाँचका क्रममा १८ जनामा डेंगु देखा परेको हो। जिल्ला अस्पताल दार्चुलामा आएका बिरामीहरूमध्ये ६ महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ।

विगतमा कहिल्यै नदेखिएको डेंगु रोगका बिरामीहरु यो वर्षमा भेटिएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ। विगतमा डेंगु भए नभएको जाँच गर्ने प्रायोगशाला नै नभएको र प्राविधिक जनशक्ति समेत नभएको दार्चुला जिल्ला अस्पतालमा जाँच गर्ने प्रयोगशाला र प्राविधिक जनशक्ति आउने बित्तिकै डेंगु देखिएको अस्पताल जनाएको छ ।

प्रकाशित मितिः २०७५ पुष ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *