खाँदा मात्र हैन शरीरको विभिन्न अंगमा दल्दा पनि फाइदा गर्छ प्याजले

भक्तपुर न्यूज

३ पुष २०७५ ६:१५

खाँदा मात्र हैन शरीरको विभिन्न अंगमा दल्दा पनि फाइदा गर्छ प्याजले

भक्तपुर । संसारमा सबैभन्दा बढी प्रयोग हुने तरकारी भनेको प्याज हो । तरकारीमा प्याज नहुँदा स्वाद आउँदैन । प्याजले खानालाई स्वादिलो बनाउनुका साथै स्वास्थ्य पनि राम्रो बनाउँछ । यसलाई खाँदा मात्र नभई शरीरमा दल्दा पनि फाइदा हुन्छ भन्ने कुरा सुन्दा तपाई आश्चर्यमा पर्न सक्नु हुन्छ । तपाईलाई थाहा छैन शरीरको केहि अंगमा समस्या आउँदा प्याजलाई दल्दा आराम हुने गर्दछ ।

१, पैताला पोल्दा । कसैकसैलाई पैताला पोलेर आत्तिने स्थिति आइलाग्छ । यस्तो समस्या छ भने पैतालामा प्याज दल्नुस् । पोल्न छोड्छ ।

२, छालाको संक्रमण । छालामा संक्रमण भएको छ भने उक्त भागमा प्याजको टुक्रा दल्नुस् । संक्रमण हराउँछ ।

३, लाम्खुट्टेले टोक्दा । लाम्खुट्टेले टोकेर रातो भएको छ भने त्यहाँ प्याज काटेर दल्नुस् । फुलेको र फोका आएको पनि निको हुन्छ ।

४, कपाल झरेको । कपाल धेरै झर्ने गरेको छ भने टाउकोको छालामा काटिएको प्याज दल्नुस् । कपाल झर्न बन्द हुन्छ ।

५, कुकुरले टोक्दा । कुकुरले टोक्यो भने प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर लगाउनुस् । संक्रमण रोकिन्छ अनि तत्कालै डक्टरकोमा गइहाल्नुस् ।

प्रकाशित मितिः २०७५ पुष ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *