सुपारीको सेवन बिभिन्न रोगको निमन्त्रणा

भक्तपुर न्यूज

१ मंसिर २०७५ ५:०७

सुपारीको सेवन बिभिन्न रोगको निमन्त्रणा

भक्तपुर । सुपारी चपाउन धेरैलाई मन पर्छ । मधु , गुटका आदि सबै सुपारीका विभिन्न परिकार हुन् । यसको लत धेरै मानिसहरुमा हुने गर्छ । तर सुपारी हाम्रो स्वास्थ्यको लागि राम्रो मानिदैन । यसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु निम्त्याउँछ । त्यसैले चिकित्षकहरु सुपारी नखाना आग्रह गर्छन् । धेरै मानिसलाई यसले हाम्रो स्वास्थ्यमा पुर्याउने असर बारेमा थाहा नभएका कारण यसको सेवन गर्छन् ।

सुपारीले के असर गर्छ त

१, क्यान्सर । सुपारीको सेवन धेरै गर्ने मानिसमा मुखको क्याम्सर हुने सम्भावना बढी हुन्छ । यसले हाम्रो मुखको नालीमा पनि संक्रमण गर्छ जसको कारण हामीलाई मुखको नलीको पनि क्यान्सर हुने गर्छ ।

२, मुटुरोग । सुपारीको सेवनले मानिसमा मोटोपना बढाउँछ । यसले गर्दा मुटुमा विभिन्न खालका समस्याहरु देखा पर्छन् । यसको बढी सेवन गर्नाले मानिसलाई हृदयघात पनि हुने गर्छ ।

३, दाँतको समस्या । निरन्तर रुपमा सुपारी चपाउने मानिसहरुको दांत खीइदै जान्छ । यसले दाँतको जरालाई कडा बनाउँछ र गिजामा संक्रमण गर्छ । यस कारण दाँतमा विभिन्न खालका समस्याहरु आउने गर्छन् ।

४, रसायनिक प्रतिक्रिया । अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ । यसले औषधीको प्रभावकारीतामा समेत र्‍हास ल्याउँछ ।

प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *