जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धिको उपकरण हस्तान्तरण

भक्तपुर न्यूज

११ कार्तिक २०७५ ११:२२

जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धिको उपकरण हस्तान्तरण

काठमाडौं । नेपाल भारत मैत्री समाजले काठमाडौंको न्ह्योखास्थित जनचिकित्सालयलाई करिव तीन लाख रुपियाँ बराबरको स्वास्थ्य सम्बन्धिको उपकरण उपलब्ध गराएको छ ।

समाजका सभापति प्रेम लस्करीले चिकित्सालयकी अध्यक्ष विमला मानन्धरलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, भारतीय दुतावासका प्रथम सचिव सहभागी सो कार्यक्रममा उपकरण हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा अमेरिकाको वासिङ्गटनस्थित इभरग्रीन हस्पिटलकातर्फबाट अल्सरका रोगीहरुको निम्ति आवश्यक पर्ने कोलस्टोमी व्याग पनि हस्तान्तरण गरियो ।

स्थानीय जनताको सहयोगमा २०३९ साल वैशाखमा स्थापित सो चिकित्सालयले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः २०७५ कार्तिक ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *