देशभरी चिसो बढ्यो

भक्तपुर न्यूज

११ कार्तिक २०७५ १०:०५

देशभरी चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दशैंअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैंलगत्तै तापक्रम घटेको छ ।

आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम नौ दशमलब सात र अधिकतम तापक्रम २९ दशमलब शून्य डिग्री मापन गरिएको छ ।

केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः २०७५ कार्तिक ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *