मधुमेह नियन्त्रण गर्ने उपायहरु

भक्तपुर न्यूज

३० असोज २०७५ ४:४०

मधुमेह नियन्त्रण गर्ने उपायहरु

भक्तपुर । मधुमेहका बिरामीको संख्या बढ्दो छ । शारीरिक व्यायामको कमीलाई यसको प्रमुख कारण मान्न सकिन्छ । खानपानमा लापरवाही गर्नाले पनि मानिसमा यस समस्या देखापर्ने गर्छ । शरीरमा ग्लुकोजको मात्रा वा चिनीको मात्रा बढी भएमा मानिसलाई मधुमेहको समस्याले सताउने गर्छ । यदि हामीले हाम्रो दैनिक जीवनशैली र हाम्रो खानपानमा राम्रोसंग ध्यान दिने हो भने हामी यस समस्याबाट मुक्त हुन सक्छौं । हामी विभिन्न घरेलु उपायहरुको माध्यमबाट यसलाई नियन्त्रण गर्न सक्छौं ।

मधुमेह नियन्त्रण गर्ने उपायहरु यस्ता छन्

१, खानामा जौ सामेल गर्ने स् जौलाई खानाल्को रुपमा प्रयोग गर्नाले हाम्रो शरीरमा ग्लुकोजको मात्रा नियन्त्रित रुपमा रहन्छ । यसमा पाइने फाइबर मधुमेहका बिरामीहरुको लागी निकै नै लाभदायक छ ।

२, टहल्ने स् विशेषज्ञका अनुसार बिहान र साँझ नियमित रुपमा १५ मिनेट हिँड्ने गर्नुपर्छ । यसले शरीरमा ब्लड सुगर लेभललाई नियन्त्रण गर्छ । मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो ।

३, मेथी , ब्लड सुगर लेभल नियन्त्रण राख्नका लागि मेथी निकै राम्रो खाद्य पदार्थ हो । यसका लागि एक चम्चा मेथी पाउडर तातो दुधमा मिलाएर दिनहुँ पिउनुपर्छ । यसले तपाईको ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

४, फल खाने , ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

५, सब्जी खाने, पालक, गोभी, करेला, लौका जस्ता सब्जी मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

६, प्रशस्त पानी पिउने , मधुमेह रोगीले दैनिक अढाई लिटर पानी पिउनैपर्छ । यसले मधुमेह नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

७, भिटामिन डी , शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ ।

प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *