काँचो केराले पुर्याउने फाइदाहरु
भक्तपुर । केरा धेरै जसो मानिसलाई मन पर्ने फलफूल मध्य एक हो । प्राय जसो हामी केरा पाकिसकेपछि खाने गर्छौं । हामी काँचो केरा त्यति प्रयोग गर्ने गर्देनौं । काँचो केराको तुलनामा पाकेको केराको स्वाद निकै मिठो हुने भएकाले मानिसहरु पाकेको केरा धेरै रुचाउने गर्छन् । हाम्रो लागी काँचो केरा पनि स्वास्थ्यको हिसाबले निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न खालका समस्याहरु समाधान गर्न ठुलो भूमिका खेल्ने गर्छ ।
काँचो केराले पुर्याउने फाइदाहरु यस्ता छन्
१, पोटासियमको श्रोत , पोटासियम हाम्रो शरीरको लागी एउटा महत्वपूर्ण तत्व हो । यसले हाम्रो शरीरलाई ताजा बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ । काँचो केरामा प्रसस्त मात्रामा पोटासियम पाइन्छ । त्यसैले यसको सेवनले हाम्रो शरीरमा पोटासियमको कमि हुन पाउदैन ।
२, मधुमेहलाई फाइदा , मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।
३, तौल नियन्त्रण , यदि तपाई तौल बढेर चिन्तित हुनुहुन्छ भने काँचो केरा खाने गर्नुहोस यसले तपाईलाई निकै फाइदा पुर्याउँछ । यसले हाम्रो शरीरमा बोशो जम्न दिदैंन ।
४, कब्जियतलाई फाइदा , काँचो करले पाचन पक्रियालाई फाइदा पुर्याउने भएकाले यसले कब्जियत जस्ता समस्याको समाधान गर्न मद्धत गर्छ । यसमा पाइने फाइबरले हाम्रो पेट सफा गर्छ । यसले हाम्रो शरीरमा विषाक्तहरु जम्मा हुन पनि दिदैंन ।
प्रकाशित मितिः २०७५ असोज १५ सोमबार