प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पस अस्कल का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी रहेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिविआइले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए ।घटनापछि अस्कल क्याम्पस तथा महेन्द्ररत्न क्याम्पस ताहचलका केही विद्यार्थी नेता फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज १४ आइतबारर