कागतीसँगै बोक्रा पनि निकै उपयोगी
भक्तपुर । हामी कागती प्रायजसो प्रयोग गर्छौं । यसलाई हामी अमिलो पिरो बनाउनको लागि प्रयोग गर्ने गर्छौं । यो हाम्रो स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न खालका समस्याहरु निको पार्न मद्धत गर्छ । हामी कागतीको प्रयोग गर्दा कागतीको बोक्रा भने फाल्ने गर्छौं । तर यसो गर्नु गलत हो किनभने कागतीको बोक्रा पनि हाम्रो लागी निकै उपयोगी छ । यदि तपाईलाई यसले हामीलाई पुर्याउने फाइदा थाहा भयो भने तपाई यसलाई कहिले फाल्नु हुन्न ।
कागतीको बोक्राले पुर्याउने फाइदाहरु यस्ता छन् ,
१, कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ ।
२, कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।
३, कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ ।
४, कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ ।
प्रकाशित मितिः २०७५ असोज १३ शनिवार