एलर्जीबाट बच्न निम्न उपायहरु अपनाउनुहोस
भक्तपुर । अहिलेको समयमा प्रदुषण बढ्दो छ । त्यसैले धुँवा धुलोमा हिड्दा हाम्रो छालामा विभिन्न खालका संक्रमणहरु हुन्छन् । यसले गर्दा हाम्रो छालामा एलर्जी हुने गर्छ । छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग देखिनु छालामा एलर्जीका लक्षण हुन् ।यस्ता खालका एलर्जी हाम्रो शरीरमा फैलिने गर्छन् ।
यस्ता एलर्जीबाट बच्न निम्न उपायहरु अपनाउनुहोस
१, ओलिभ आयल जैतुनको तेल छालाको लागि भिटामिन ई निकै उत्तम मानिन्छ । भिटामिन ई को राम्रो स्रोत जैतुनको तेल पनि हो । यसले अनुहारलाई नरम राख्नुका साथै सुख्खा हुन दिँदैन । जैतुनको तेलमा थोरै मह मिसाएर लगाउँदा छाला चिलाउने समस्या कम हुँदै जान्छ । नियमित रूपमा यसको प्रयोग गरेर छाला चिलाउने समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ । यसैगरी जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाइयो भने पनि एलर्जीबाट छिट्टै राहत मिल्छ ।
२, बेकिङ्ग सोडा, एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।
३, ओट मिल , नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।
४, एलोभेरा घिउकुमारी , एलोभेरा छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । एलोभेरामा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।
५, बरफ , हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन् । सुन्निएको ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ ।
६, नीमको पात , छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।
७, धनियाँ , धनियाँ एक प्रकारको आयुर्वेदिक औषधि हो । छालाको रातोपन तथा सुन्निने समस्या कम गर्न धनियाँ निकै उपयोगी मानिन्छ । यो छालासम्बन्धी एलर्जीमा चामत्कारिक औषधी हो । पिसेको धनियाँलाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्ने र त्यसपछि सफा पानीले राम्रोसँग सफा गर्ने । तीन चार दिनसम्म नियमित यो प्रक्रिया दोहोर्याए छालाको एलर्जी जरैदेखि निर्मूल हुन्छ ।
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार