योग्यता,गुणस्तर,सीप र रोजगारीमा जोड दिनुपर्छ

भक्तपुर न्यूज

९ असोज २०७५ ५:५९

योग्यता,गुणस्तर,सीप र रोजगारीमा जोड दिनुपर्छ

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पछिल्लो ५ बर्षे रणनीति योजना समिक्षा कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा सुचना तथा प्रविधिको अधिकतम उपयोग गर्नु आवश्यकता रहेको बताए । उपाध्यक्ष डा.बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नयाँ पाठ्यक्रमको विकास र विद्यमान पाठ्यक्रमको संसोधन गरी उत्पदित जनशक्तिले श्रम बजारमा तुरुन्तै रोजगारी पाउन सक्ने गरी कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । उनले सीटीईभीटले अब देशको आवश्यकतालाई मध्यनजर गर्दै उद्योग ब्यबसायमा प्रत्यक्ष रोजगारी पाउने जनशक्ति उत्पादनमा जोड दिए । उनले अब सीटीईभीटीले ब्यक्तिलाई प्रमाणपत्र मात्र होईन योग्यता,गुणस्तर ,सीप र रोजगारी प्रदान गर्न जोड दिन्छ भने ।

कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव पुष्प रमण वाग्लेले प्राविधिक शिक्षाको विकास र विस्तारमा जोड दिदै हरेक स्थानीय तहमा परिषद्बाट मान्यता प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रमलाई कार्यन्वय गर्न परिषद् कार्य योजना बनाई अघि वढि रहेको जानकारी गराए । परिषद्को रणनीति योजनाका समिक्षा गर्ने क्रममा हालसम्म सम्पन्न भएका गतिविधिलाई सुक्ष्म रुपमा अध्ययन गर्दै के कति उपलब्धि हासील भए, के कति उपलब्धि हुन वाँकी छ र अपेक्षित उपलब्धि हुन नसक्नुका कारणहरु केलाउनु पर्ने बताए ।

२०१४ बाट सुरु भएर २०१८ सम्मका लागि सीपयुक्त नेपाल समृद्ध जनताको दिर्घकालीन सोच राखेर यस रणनीति योजना तयार गरिएको थियो । उक्त रणनीति योजनाले विभिन्न ६ बटा लक्ष्य लिएको थियो । जसमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीममा समता मूलक पहुँच पुयाउने, गुणस्तर, समय सापेक्षता तथा दक्षताको सुनिश्चित, प्राविधिक शिक्षा एव तालीम परिषद्को व्यवस्थापनको प्रभावकारिता र दक्षता अभिवृद्धि, राष्ट्रिय व्यावसायिक योग्यताको स्थापना,प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम कोष स्थापना, सरोकारवालाहरुसँगको प्रभावकारी समन्वय कायम गर्ने विषयहरु उल्लेख भएको छ । यि लक्ष्यहरु पुरा गर्नका लागि विभिन्न २ सय ४४ वटा क्रियाकलापहरु तयार गरिको परिषद्का उपनिर्देशक ,प्रमोदभक्त आचार्यले बताए ।

परिषद्को रणनीति योजना मूल्यांकन कार्यशालामा तय भएका ६ बटा लक्ष्यहरु पुरा गर्न तयार भएका क्रियाकलाप माथि बँुदागत छलफल उनले बताए । सहभागीहरुलाई विभिन्न ६ बटा समुहमा विभाजन गरी तोकिएका क्रियाकलापहरु मध्ये कुन कुन क्रियाकलाप के कति मात्रामा पुरा भए, के कति पुरा हुने क्रममा छन् ,तोकिएका क्रियाकलाप पुरा हुन नसक्नुका कारणहरु समेत समुहमा छलफल गरी प्रस्तुति गरिएको थियो । प्रस्तुतिमा तोकिएका कार्यहरु अपेक्षित रुपमा पुरा भएको देखिएको औंल्याईएको सदस्य सचिब वाग्लेले बताए । सीटीभीटीले अब गुणस्तरमा जोड दिने उल्लेख गर्दै भौतिक पुर्वाधार र शैक्षिक सामग्रीको यथेष्ट ब्यबस्थापनमा लाग्ने बताए । कार्यक्रमका सहजकर्ता डा. हरि प्रधानले उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न श्रम बजारसँग टाईअप गरेर जानुपर्ने बताउँदै सीटीभीटीलाई प्रदेशस्तरमा छिट्टै गठन गर्न टाक्स फोर्स गरि अगि बढ्नुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण डा.प्रधान, परिषद्का उपनिर्देशक प्रमोद भक्तआचार्य र शिवरामश्रेष्ठले गरेका थिए । सीटीईभीटीका उपाध्यक्ष डा. बस्नेतको अध्यक्षतामा भएको कार्यशालामा परिषद्का सदस्य सचिव वाग्ले लगायत परिषद्का निर्देशक, उपनिर्देशकका साथै सीटीईभीटी कर्मचारी संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यशालाले आगामी रणनीति निर्माणमा पनि सहयोग पुर्याउने सदस्य सचिब वाग्लेले बताए ।

प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *