बिहेपछि तौल बढ्नुको कारणहरु

भक्तपुर न्यूज

४ असोज २०७५ ५:३६

बिहेपछि तौल बढ्नुको कारणहरु

भक्तपुर । मानिसहरुको तौल बिवाह पछि निकै बढेको पाएका छौँ । पुरुषको तुलनामा झन् महिलाहरुमा यो परिवर्तन बढी देखिने गर्छ । त्यसैले मानिसहरु यसको प्रमुख कारण यौन सम्पर्कलाई मान्छन् । यौन सम्पर्कपछी महिलाहरुको शरीरमा पाइने विभिन्न हर्मोनमा परिवर्तन आउने गर्छ जसले उनीहरुको शरीरको तौल बढाउँछ । तर अहिले सम्म यो कुरालाई भने कुनै पनि अध्ययनले पुष्टि गर्न सकेको छैन ।

आखिर बिहेपछि तौल बढ्नुको कारणहरु के हुन् त ?

१, विवाह अगाडी जति तपाई आफ्नो शरीरलाई फिट राख्न समय दिनुहुछ । त्यति समयमा पछि व्यस्तताको कारणले दिन सक्नुहुन्न । खानपान, शारीरिक व्यायाम जस्ता कुराहरुमा लापरवाही हुन्छ । यसले गर्दा तपाईको तौल बढ्दै जान्छ ।

२, नव विवाहित जोडीहरु प्राय जसो आफन्त र साथीभाईको मा भेटघाटको लागि जाने गर्छन् । जाहाँ उनीहरु खानामा ध्यान दिदैनन् र धेरै खाना खाएको थाहा पाउदैनन् । त्यसैले तौल बढ्नुको अर्को कारण धेरै खाना पनि हो ।

३, विवाहा आगाडी तपाईको खानाको समय नमिल्न सक्छ तर विवाह पछि भने पति पत्नीले एक अर्काको निकै ख्याल गर्ने गर्छन् । एक अर्काको प्रेमको कारण पनि तौल बढ्ने देखिएको छ । सन् ०१३ मा प्रकाशित हेल्थ साइकोलोजी आर्टिकलले यसलाई धेरै हदसम्म पुष्टि गरेको छ । आर्टिकलका अनुसार जुन जोडीमा एक अर्कोमा समर्पण, माया तथा सुरक्षाको भावना बढी हुन्छ त्यस्ता जोडीको तौल अन्यको तुलनामा तिव्र रुपले बढेको पाइएको छ ।

४, विवाहा पछि महिलाको मात्र तौल बद्दैना पुरुषको तौल पनि निकै बढ्ने गर्छ । यो तथ्य हालै गरिएको एक अध्ययनले देखाएको हो । अध्ययनका अनुसार विवाहपछि जुन गतिमा महिलाको तौल बढ्छ पुरुषको पनि सोही गतिमा बढ्छ । सो अध्ययनले यो पनि साबित गरेको छ की, बिहेपछिको पाँच वर्षमा महिलाको तौल २४ पाउण्ड करीब ११ किलो बढ्छ भने सोही अवधिमा पुरुषको तौल ३० पाउण्ड करीब १३ किलो बढ्छ ।

प्रकाशित मितिः २०७५ असोज ४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *