मौसमजन्य रोगबाट बच्न यसो गर्नुहोस्

भक्तपुर न्यूज

२९ भदौ २०७५ ७:३२

मौसमजन्य रोगबाट बच्न यसो गर्नुहोस्

भक्तपुर । मौसम परिवर्तन हुने समयमा मानिसलाई विभिन्न खालका महामारी रोगहरुले सताउने गर्छ । यस्ता समस्याले मानसिको स्वास्थ्यमा पछि ठुलो समस्या ल्याउन मद्धत गर्छन् । यस्ता खालका रोगहरु एउटा मानिस्देखी अर्को मानिससम्म सर्ने गर्छन् । यस समयमा हामीले जतिसक्दो यस्ता रोघरुदेखी बचाउन सक्नुपर्छ । मौसम परिवर्तनले गर्दा आउने समस्याहरुबाट सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको सरसफाई हो । मानिसबाट हुने विभिन्न खालका गल्तीहरुले गर्दा पनि यस समयमा उनीहरु बिरामी हुने गर्छन् ।

यस समयमा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्

१, चिसो पानीले नुहाउनुहोस । चिसो पानीले नुहाउँदा कम्जोर मानिस , माइग्रेनका बिरामीलाई निकै फाइदा पुग्छ । यसले गर्मीको समयमा शरीरलाई शितल बनाउन पनि मद्धत गर्छ । मुटु रोगीको बिरामीले भने डाक्टरको सल्लाह लिएर मात्रा नुहाउनुपर्छ ।

२, साबुन पानीले हात धुने । यस समयमा किटाणुहरुले बढी संक्रमण गर्छन् । किटाणुहरु हातको माध्यमबाट हाम्रो शरीरमा प्रवेस गर्छन । त्यसैले हामीले केहि काम गर्ने वित्तिकै वा बाहिरबाट आउने बित्तिकै आफ्नो हात धुने गर्नुपर्छ ।

३, अदुवा सेवन गर्ने । हरेक दिन खानामा अदुवाको सेवन गर्नाले हाम्रो पाचन पक्रिया बलियो हुन्छ । यसले हाम्रो शरीर भित्र रहेका विभिन्न अंगहरुलाई स्वास्थ्य राख्छ । त्यसैले यस समयमा अदुवा खानु स्वास्थ्यको लागी राम्रो मानिन्छ ।

४, भिटामिन सीको प्रयोग । शरीरमा भिटामिन सीको कमी भएमा छिट्टै चिसोले समात्छ । जसले गर्दा हामीलाई रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । त्यसैले यस्ता समस्याबाट बच्नको लागी शरीरमा भिटामिन सीको कमी हुन दिनु हुदैन ।

५, लसुन या लसुनको केस्रा सेवन । लसुन एन्टी अक्सिडेन्टको भण्डार हो । एन्टी अक्सिडेन्टले रोगप्रतिरोधात्मक क्षमता वृद्धि र रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । साथै क्यान्सर जस्तो जटिल रोगको जिवाणुलाई पनि यसले न्यूनिकरण गर्छ ।

प्रकाशित मितिः २०७५ भदौ २९ सुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *