खुट्टा सुनिने सामान्य अवस्थाहरु यस्ता छन्

भक्तपुर न्यूज

२७ भदौ २०७५ १०:०८

खुट्टा सुनिने सामान्य अवस्थाहरु यस्ता छन्

भक्तपुर । खुट्टा सुनिने समस्या त हाम्रो लागी कुनै नयाँ समस्या हैन । यो समस्या प्राय मानिसमा देखिने गर्छ । खुट्टा सुनिएको कारण मानिसलाई हिड्न अप्ठ्यारो हुने गर्छ । खुट्टा के कारण ले सुनिन्छ त रु यस बारेमा धेरै मानिसलाई थाहा हुदैन । खुट्टा सुनिनु कहिले काँही केहि रोगका लक्षण पनि हुनसक्छ । हाम्रो खुट्टा सामान्य अवस्थामा पनि सुनिन सक्छ र असामान्य अवस्थाले गर्दा पनि सुनिन सक्छ ।

खुट्टा सुनिने सामान्य अवस्थाहरु यस्ता छन्

मोटोपना भएमा

दैनिक धेरै समय उभिनुपर्दा

एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने

गर्भावस्थाको समयमा

उच्च रक्तचाप भएका वेला

गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्थाहरु यस्ता छन् स्

मुटुसम्बन्धी, मुटु कमजोर भएमा, उच्च रक्तचाकाा बेला र भल्बको रोग भएमा

फोक्सोसम्बन्धी, दम भएमा

मिर्गौलासम्बन्धी, मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने

प्रकाशित मितिः २०७५ भदौ २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *