राजमा खाँदा स्वास्थ्यलाई मिल्छ लाभ

भक्तपुर न्यूज

२७ भदौ २०७५ ९:१९

राजमा खाँदा स्वास्थ्यलाई मिल्छ लाभ

भक्तपुर । रामालाई हामी बढी जसो दालको रुपमा प्रयोग गर्छौं । भोजभतेरमा यसको तरकारी बढी मात्रामा बनाइने गरिन्छ । राजमा खानमा स्वादिलो हुने भएकाले मानिसहरु यसलाई निकै रुचाउने गर्छन् । यसले हाम्रो स्वास्थ्यलाई पनि विभिन्न खालका लाभहरु पुर्याउँछ । यसले हामीलाई के फाइदा पुर्याउँछ त ? यो तपाईहरुको लागी जिज्ञासाको बिषय हुनसक्छ ।

राजमा खाँदा हामीलाई पुग्ने फाइदाहरु यस्ता छन्

१, राजमामा पाइने फेजोलिन नामक प्रोटिनले हामीलाई विभिन्न खालको एलर्जीबाट बचाउँछ ।

२, राजमामा रेक्टिन्स तथा प्रोटिज नामक तत्व पाइन्छ, जसले पाचन तन्त्रलाई मजबुत बनाई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३, राजमामा भरपूर मात्रामा फाइबर पाइन्छ, जसले तौललाई नियन्त्रणमा राख्नुका साथै पाचन प्रक्रियालाई चुस्त राख्न मद्दत गर्छ ।

४, यसमा पाइने फाइबरले शरीरमा जमेर रहेको विषाक्तलाई बाहिर निकाल्नुका साथै कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

५, राजमाको सेवनले शरीरमा व्युट्रेट, एसिटेट तथा प्रापिनेट जस्ता फ्याटी एसिडको निर्माण हुन्छ, जसले कोलोन क्यान्सरको जोखिमलाई समेत कम गर्न मद्दत गर्छ ।

६, राजमामा भरपूर मात्रामा भिटामिन्स, मिनरल्स आयरन, कपर, म्याग्नेसियम, पोटासियम लगायतका तत्व पाइन्छ,जसले शरीरलाई पोषण प्रदान गर्नुका साथै शरीरलाई विभिन्न किसिमको गम्भीर संक्रमण हुनबाट बचाउँछ ।

७, यसमा रहेको प्रोटिन तथा म्याग्नेसियमले हड्डी मजबुत बनाउनुका साथै बाथ तथा अस्टियोपोरोसिस लगायतका रोगबाट समेत बचाउँछ ।

८, राजमाले उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्नुका साथै रगतमा कोलेस्ट्रोलको लेभरलाई समेत नियन्त्रण गर्न मद्दत गर्छ ।

९, राजमामा पाइने एन्टीअक्सिडेन्ट तत्वले क्यान्सर तथा मुटु रोग लाग्नबाट समेत शरीरलाई बचाउँछ ।

प्रकाशित मितिः २०७५ भदौ २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *