यौनशक्ति बढाउने अण्डरवेयर

भक्तपुर न्यूज

२५ भदौ २०७५ ६:१३

यौनशक्ति बढाउने अण्डरवेयर

भक्तपुर । यौन शक्ति बढाउनका लागि विभिन्न औषधी तथा व्यायामहरुको मद्धत लिने गरिन्छ । यति हुँदा हुँदै पनि यौनशक्ति बढाउनका लागि विभिन्न नयाँ नयाँ खोज गर्ने क्रम जारी छ । त्यसै क्रममा शोधकर्ताहरुले पुरुषहरुमा यौनशक्ति बढाउनका लागि त्यस्तो विशेषखालको अन्डरवेयरको आविष्कार गरेका छन् । वैज्ञानिकहरूले लामो अनुसन्धानपछी उक्त वायरलेस आर्मर नाम गरेको अण्डरवेयर तयार पारेका हुन् । जसको प्रयोगले पुरुषहरूमा यौनशक्तिमा वृद्धि गर्नेछ ।

विकसित प्राविधिसँगै अत्यधिक मोबाइल तथा ल्यापटपको प्रयोगले त्यहाँबाट उत्पादित ऊष्मा र विकिरणयुक्त तरङ्गहरूले शुक्रकीटहरूमा नकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरूले गरेको अनुसन्धानमा उल्लेख छ । त्यसैले बिस्तारै बिस्तारै पुरुषहरुमा नपुंशकता आउन सक्ने उनीहरुको भनाई छ । तर वायरलेस आर्मरमा यस्तै विकिरणहरूबाट बच्ने प्रविधि जोडिएको हुन्छ ।

वायरलेस आर्मर नामक यस परिधानको निर्माणमा सुती धागोको साथै चाँदीको तारको पयोग गरिएको छ । यसले मोबाइल तथा ल्यापटपबाट उत्सर्जन हुने विकिरणलाई शरीरसम्म पुग्नबाट रोक्ने गर्दछ । र सम्भाव्य नपुंशकताबाट बचाउँदछ । एजेन्सी

प्रकाशित मितिः २०७५ भदौ २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *