गर्दन दुखेको समयमा ध्यान दिनुपर्ने कुराहरु

भक्तपुर न्यूज

२४ भदौ २०७५ ७:२१

गर्दन दुखेको समयमा ध्यान दिनुपर्ने कुराहरु

भक्तपुर । टाउकोभन्दा तल र कुमभन्दा माथिको पछाडिपट्टिको भागमा भएको दुखाइलाई गर्दन घाँटीको दुखाइ भनिन्छ। उमेर बढ्दै जाँदा यो समस्याले धेरैलाई सताउने गर्छ । तर यो समस्या जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ । धेरै समयसम्म मोबाइल ल्यापटप चलाउने मानिसलाई यो समस्याले सताउने गर्छ । मानिसलाई नशाको समस्या हुँदा पनि यसले सताउने गर्छ । गर्दन दुखेको समयमा फिजियोथेरापी गर्नु पर्छ । यस बाहेक धेरै कुराहरु पनि ख्याल गर्नुपर्छ जसले गर्दा हामीमा गर्दन दुख्ने समस्या आउदैन ।

गर्दन दुखेको समयमा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्

१, दुखाइ हुन्जेलसम्म नियमित फिजियोथेरापिस्टको परामर्श अनुसार मेसिन लगाउने

२, दुखाइ कम भए पनि सिकाइएको व्यायाम नियमित गर्ने

३, भनिएको सावधानीहरू ध्यानपूर्वक अपनाउने

४, सर्भाइकल पिलोमा सुत्ने र व्यायाम गर्न प्रयोग गर्ने

५, कार्यालयमा कुर्सीमा बसेर लामो समयसम्म काम गर्नुपर्दा ढाड र घाँटी अगाडि नझुक्नेगरी काम गर्ने

६, बेलाबेला घाँटीलाई माथि तन्काएर हेने

७, कम्प्युटरमा काम गर्दा कम्प्युटर र आफ्नो आखाँको लेबल बराबर राख्ने

प्रकाशित मितिः २०७५ भदौ २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *