सेकुवा खानेले एकपटक पढ्नुहोस्

भक्तपुर न्यूज

२२ भदौ २०७५ १३:२४

सेकुवा खानेले एकपटक पढ्नुहोस्

भक्तपुर । सेकुवा भन्ने बित्तिकै कतिपय मानिसको मुखमा पानि आउने गर्छ । रातो मासुलाई पोलेर अचारसँग खानुको स्वाद नै बेग्लै हुन्छ । त्यसैले मानिसको आकर्षण यस प्रति बढ्दै गएको छ । तर यसलाई स्वास्थ्यको हिसाबले भने निकै हानिकारक मानिन्छ । भनिन्छ १०० वटा चुरोट खानु र एक शिल सेकुवा खानु बराबर नै हो ।

चिकित्षकहरु सेकुवा खाँदा मानिसलाई क्यान्सर हुने सम्भावना बढी हुने बताउछन् । पोलेको खानेकुरामा नुन र खुर्सानी मिसाउनु स्वास्थ्यको लागि झन् हानिकारक मानिन्छ । मासु वा माछालाई आगोमा राखेर पकाउँदा यसमा क्यान्सर हुने उच्च जोखिमपूर्ण कार्सिनोजेन्सको मात्रा शरीरमा बढाउँछ ।

यो रसायन सिगर्टको धुवाँ वा रक्सी खानु भन्दा पनि घातक रहेको चिकित्सकहरुको भनाइ छ । क्यान्सर पीडित विरामीले रातो मासुको उच्च सेवन गर्ने र त्यसमाथि पोलेको मासु त निक्कै घातक रहेको चिकित्सकहरुको निष्कर्ष छ । पोलेको मासु खानेहरुमा क्यान्सरको जोखिम त्यस्तो मासु नखानेको तुलनामा उच्च रहने समेत अध्यनको निष्कर्ष छ ।

प्रकाशित मितिः २०७५ भदौ २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *