बिना डाईटिङ तौल घटाउने उपायहरु

भक्तपुर न्यूज

१९ भदौ २०७५ ६:५७

बिना डाईटिङ तौल घटाउने उपायहरु

भक्तपुर । तौल बढ्नु अहिलेको समयमा सबैको लागी टाउको दुखाइको बिषय हो । मानिसहरु तौल घटाउनको लागी खाना छोडी दाइतिङ्ग गर्ने गर्छन् । यसले स्वास्थ्यलाई हानी गर्छ । जिम गरेर , व्यायाम गरेर मात्रा शरीरको तौल घट्दैन । हामीले कस्ता खानेकुरा खाइरहेका छौँ । यो कुरा पनि बुज्नु जरुरी छ । डाइटिंग बस्नु पनि एउटा नियम हुन्छ । खाना खाँदा ध्यान दिएन भने तौल घट्दैन । प्राय जसो मानिसको तौल नघट्नुको कारण व्यस्त जीवनशैली पनि हो । व्यस्त जीवनशैलीको कारण उनीहरु व्यायाम गर्न पाउदैनन् ।

यदि तपाई व्यस्त जीवनशैलीमा पनि आफ्नो शरीरको तौल घटाउन चाहनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस

१, आफ्नो शरिलाई चाइने भन्दा बढी खाना एकै पटक नखाने

२, मासु खाँदा मासुमा रहेको बोशो र छाला हटाएर मात्र खाने गर्नुपर्छ

३, खानाअघि केही फलफूल खाने, यसो गर्दा खाना कम खाए पनि पेट भरिएको महसुस हुन्छ ।

४, बिहानको ब्रेकफास्ट मजाले खाने तर डिनर हलुका मात्र खाने

५, सकेसम्म तेल या घिउको मात्रा थोरै प्रयोग गरेको तरकारी खाने

६, ठूलो प्लेटमा खाना थोरै देखिने भएकाले धेरै लिइन्छ त्यसैले सकेसम्म सानो प्लेट र सानो चम्चा प्रयोग गर्ने ।

७, जुस खाँदा धेरै क्यालोरी एकै पटक खाइने हुँदा जुसभन्दा ताजा फलफूल टोकेर खाने ।

८, फ्राई गरिएका खानेकुरा, जङ्क फुड तथा चिनीजन्य खानेकुराबाट टाढा रहने

९, ग्रीन सलादलाई प्राथमिकतामा राख्ने, दैनिक २ देखि ३ लिटर सादा पानी पिउने ।

१०, खाना कम गर्दा तौल नबढ्ला तर आपूले चाहेअनुसार फिगर बनाउन नियमित एक्सरसाइज भने गर्नै पर्छ ।

प्रकाशित मितिः २०७५ भदौ १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *