तिलको उपयोग स्वास्थ्यका लागि फाइदै फाइदा
भक्तपुर । तिल हाम्रो भान्सामा प्रयोग हुँदै आएको छ । यसलाई हामी मसला वा अचारको रुपमा प्रयोग गर्छौं । तिललाई लड्डु बनाउन पनि प्रयोग गर्ने गरिन्छ । तिल अरु वस्तुको तुलनामा कमै प्रयोग हुने गर्छ । तिलको महत्व मानिसलाई थाहा नभएको कारण यसको प्रयोग कम भएको हो । तिल स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका फाइदाहरु पुर्याउँछ जुन कुरा हामीलाई त्यति थाहा हुदैँन ।
तिलले पुर्याउने फाइदाहरु यस्ता छन्
१, तिलको सेबन गर्नाले रुघाखोकी निको हुनुको साथै हाडजोर्नी मा हुने दुखाइ कम हुन्छ ।
२, तीलको सेवन गर्नाले अर्थराइटिस रोग बाट मुक्ति मिल्छ । तिल, मेथी, सुकेको अदुवा, बेसार सबैलाई पिसेर यसको धुलो दिनहु बिहान बेलुका लगाउदा फाइदा मिल्छ ।
३, दिनहु ५(१० ग्राम जति कालो तील राम्रोसंग चपाएर खाने गर्नाले गिजा र दात बलियो हुन्छ साथै दातमा किरा लाग्ने सम्भावना निक्कै कम हुन्छ ।
४, चिया खादा चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुन्छ ।
५, तीलले आगोले पोलेको घाउ निको हुन्छ। तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फाली सेतो भागसंग मुछी लगाउनाले फाइदा गर्छ ।
६, बारम्बार पिसाब आउने वा पिसाब आउदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ।
७, मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धि रोगबाट राहत मिल्छ । तीलको तेलमा निमको पात राखेर सोहि तेलले मालिश गर्दा फाइदा मिल्छ ।
८, तीलको तेल प्रयोग गरिएको खाना मोटोपन भएको मान्छेको लागि फाइदाजनक हुन्छ । यसमा हुने तत्वले कोलेस्ट्रोल कम गराउछ ।
प्रकाशित मितिः २०७५ भदौ १९ मंगलबार