गर्भावस्थामा खानुपर्ने खानेकुराहरु
भक्तपुर । गर्भावस्थामा गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि प्रकारको लापरवाही हुन हुदैन । यस समयमा हुने सानो गल्तीले पनि आम र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउनसक्छ । यस समयमा परिवारका अन्य सदस्यले पनि गर्भवती महिलाको हेरचाहा गर्नुपर्छ । यस समयमा पर्याप्त मात्रामा पौष्टिकयुक्त खानेकुरा खानु जरुरी छ । जसले गर्दा पछि आमा र बच्चा दुवै स्वास्थ्य रहन्छन् । बच्चालाई कुपोषण जस्ता समस्या पछि हुन् पाउदैन । गर्भवती महिलाले पौष्टिकयुक्त खाना के खाने त रु भन्ने कुरा धेरै महिलालाई थाहा हुने गर्दैन । यस्तो अवस्थामा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने कुरा पनि जानी राख्नुपर्छ ।
गर्भावस्थामा खानुपर्ने खानेकुराहरु यस्ता छन्
१, अण्डा । अण्डा खानाले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पुर्याउँछ ।
२, साल्मोन । यो गर्भको शिशुको स्वस्थ विकासका लागि निकै लाभदायी हुन्छ ।
३, गेडागुडी । गेडागुडी खानाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ ।
४, सखरखण्ड । सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो ।
५, होल ग्रेन । होल ग्रेनमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ ।
६, ओखर । ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ ।
७, दही । दहीमा पाईने क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पु¥याउँछ ।
८, गाढा हरियो सागसब्जी । पालुंगोजस्ता गाढा हरियो रंगका सागसब्जीमा भिटामिन र पोषकतत्व हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ ।
९, बोसोरहित मासु । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ । तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ ।
प्रकाशित मितिः २०७५ भदौ १९ मंगलबार