उच्च रक्तचापका बिरामीले यस्ता कुरामा ध्यान दिनु निकै जरुरी छ

भक्तपुर न्यूज

१८ भदौ २०७५ ५:४५

उच्च रक्तचापका बिरामीले यस्ता कुरामा ध्यान दिनु निकै जरुरी छ

भक्तपुर । अहिलेको समयमा उच्च रक्तचापका बिरामीहरुको संख्या निकै बद्धो छ । खानपानमा लापरवाही उच्च रक्तचापको प्रमुख कारण मानिन्छ । नेपालीहरुमा बाहिरी खाना प्रति आकर्षण बढी भएको कारण यस समस्याले साटेका मानिसको संख्या बद्धो छ । उच्च रक्तचापले गर्दा मानिसलाई मुटु सम्बन्धि विभिन्न खालका रोगहरु लाग्ने गर्छ । त्यसैले पनि उच्च रक्तचाप भएका मानिसले निकै कुराहरुमा ध्यान दिनु जरुरी छ । उच्च रक्तचाप भएका मानिसलाई हृदयघातको समस्याले पनि सताउन सक्छ । जसको कारण मानिसको ज्यान पनि जान सक्छ ।

कस्ता कुराहरुमा ध्यान दिने

१, उच्च रक्तचापका लक्षणहरु टाउको भारी हुने, अल्छी लागिरहने, मुटुको चाल तेज हुने, छाती भारी हुने, चक्कर लाग्ने आदि देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिन र जाँच गर्न जानुपर्छ। यी यी लक्षण नदेखिए पनि उच्च रक्तचापको समस्या हुने भएकाले नियमित रुपमा जाँच भने गराउनुपर्छ।

२, उच्च रक्तचाप देखिएपछि हरेक बिरामीले चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ।

३, उच्च रक्तचापका बिरामीले निश्चित अवधिमा शरीरका महत्त्वपूर्ण अंगको आवश्यक जाँचहरु गराउनुपर्छ।

४, दैनिक सामान्य व्यायाम गर्ने र सन्तुलित एवं स्वस्थ खाना खाने बानी बसाउनुपर्छ।

५, धूमपान तथा मद्यपान गर्नु हुँदैन।

६, तनाव रहित स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

७, चिकित्सकको सल्लाहबिना औषधिको प्रयोग गर्ने, बन्द गर्ने वा थपघट गर्ने गर्नु हुँदैन।

८, शरीरको तौल सन्तुलनमा राख्नुपर्छ।

प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *