कालो चिया खाँदा फाइदा
भक्तपुर । चिया नखाने घर नेपालमा भेट्न निकै गाह्रो हुन्छ । हामी हरेक नेपालीलाई चियाको लत हुन्छ । हाम्रो बिहानी चियासँगै सुरु हुने गर्छ । तर हामीले कस्तो चिया पिउछौँ । यसले हाम्रो स्वास्थ्यमा निकै ठुलो असर पुर्याउँछ । धेरै जसो मानिसहरु दुध हालेको चिया खान रुचाउछन् । स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चियालाई निकै लाभदायक मानिन्छ । यसले हामीमा ग्यास्ट्रिक जस्ता समस्या ल्याउदैन । चिकित्षकहरु पनि अरु चियाको तुलनामा कालो चिया खान सल्लाह दिने गर्छन् ।
कालो चिया खाँदा कस्तो फाइदा पुग्छ
१, कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।
२, कालो चियाले पाचन प्रणालीलाइ समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । साथैकालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।
३, नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।
४, कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।
५, कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ । यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।
प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार