सलाद खाँदा फाइदै फाइदा
भक्तपुर । विभिन्न फलफुल र तरकारीको मिश्रणलाई हामी सलाद भनेर बुज्छौँ । सलाद खानु स्वास्थ्यको लागी लाभदायक छ । यसले हामीलाई विभिन्न खालका फाइदाहरु पुर्याउँछ । त्यसैले हामीले खाना खाँदा सलादलाई पनि सामेल गराउनु पर्छ । हामीलाई सलाद्को बारेमा त्यति थाहा नभएको कारणले पनि हामी सलादलाई त्यति वास्ता गर्ने गर्देनौं ।
सलाद खाँदा हामीलाई पुग्ने फाइदा यस्ता छन्
१, अनिद्रा । यदि तपाईलाई राती राम्रोसँग निन्द्रा लाग्दैन भने हरेक दिन खानामा सलाद सामेल गराउने गर्नुहोस । यसले तपाईलाई मिठो निन्द्रा ल्याउन मद्धत गर्छ ।
२, तौल नियन्त्रण । खानामा सलाद सामेल गराउनाले हाम्रो पेट छिटै भरिने गर्छ । यसले गर्दा हामी धेरै खाना खादेनौं । जसले हाम्रो तौललाई सधैँ नियन्त्रित बनाएर राख्छ ।
३, निरोग । सलादमा भएको एन्टीअक्सिडेन्ट र फाइबरले शरीरलाई रोग लाग्न दिँदैन । यो खाँदा पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन ।
४, चम्किलो अनुहार । सलादको सेवनले छाला प्राकृतिक रूपमा चमकदार हुन्छ ।
५, मांसपेशी । हरियो सलादमा नाइट्रेट प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशीमा अधिक प्रोटीन बनाउँछ । प्रोटीनले मांसपेशी बलियो हुन्छ ।
प्रकाशित मितिः २०७५ भदौ १६ शनिबार