कोलेस्ट्रोल नियन्त्रण यसरी राख्न सकिन्छ

भक्तपुर न्यूज

१५ भदौ २०७५ ७:३१

कोलेस्ट्रोल नियन्त्रण यसरी राख्न सकिन्छ

भक्तपुर । गलत खानपान , शारीरिक व्यायामको कमी, मोटोपना जस्ता कारणले गर्दा हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नु भनेको मुटु सम्बन्धि विभिन्न रोगहरुलाई निम्तो दिनु सरह हो । कोलेस्ट्रोलले हाम्रो शरीरमा रगत संचालन राम्रोसँग हुन दिदैन । यसले गर्दा बढी कोलेस्ट्रोलको कारण मानिसलाई हृदयघात जस्ता समस्यारु आउने गर्छ । त्यसैले आफ्नो शरीरको कोलेस्ट्रोल मात्रालाई सधैं नियन्त्रणमा राख्नुपर्छ ।

कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न यस्ता कुराहरुमा ध्यान दिनुहोस

१, रातो मासु कम खाने गर्नुपर्छ । मासु खाँदा छाला निकालेर मात्र खाने गर्नुपर्छ ।

२, दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश भएमा कोलेस्ट्रोलको मात्रा घट्छ ।

३, नियमित रुपमा कोलेस्ट्रोलको मात्रा परिक्षण गरेर आफ्नो शरीरमा कोलेस्ट्रोलको मात्रा ठिक छ कि छैन भन्ने कुरा जान्नु जरुरी हुन्छ ।

४, भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गरौं । बदाम वा यस्तै खानेकुरामा जोड दिउँ ।

५, नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाएर चिल्लो खानाहरु धेरै कम मात्रामा खाने गर्नुपर्छ ।

६, दैनिक ३० मिनेट व्यायाम अनिवार्य गरौं ।

७, माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नका लागि सातामा दुईदेखि तीनपटक आफ्नो भोजनमा माछाको परिकार समावेश गरौं ।

८, अन्डा कम खानुपर्छ । कोलेस्ट्रोल रोगको यसलाई मुख्य शत्रु मानिन्छ ।

९, हरेक दिन ग्रिन टी खाएमा यसमा पाइने क्याटेचिनस नामक तत्वले कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।

१०, पर्याप्त मात्रामा निन्द्रा पुर्याउने गर्नुपर्छ ।

११, कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको कारण धूमपान पनि हो । त्यसैले धूमपान त्यागेको राम्रो ।

प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *