नुनको मात्रा बढी हुँदा आउने समस्याहरु
भक्तपुर । नुन हाम्रो शरीरको लागी निकै महत्वपूर्ण तत्व हो । यसका माध्यमबाट हाम्रो शरीरले आयोडिन र सोडियम जस्ता तत्वहरु प्राप्त हुन्छन् । नुनले हामीलाई खाना रुचाउन पनि मद्धत गर्छ । नुन बिनाको खाना हामीलाई खान निकै गाह्रो हुने गर्छ । तर हामीले नुनलाई नियन्त्रित रुपमा खाने गर्नुपर्छ । हाम्रो शरीरमा नुनको मात्रा बढी भयो भने हामीमा विभिन्न खालका समस्याहरु आउने गर्छन् । त्यसैले नुन धेरै खानु हानिकारक मानिन्छ ।
नुनको मात्रा बढी हुँदा आउने समस्याहरु
१, निर्णय लिने क्षमतामा कमी ल्याउँछ सन् २०११ मा प्रकाशित एक क्यानेडियन शोधले जनाए अनुसार ज्यादा नुनले दिमागमा समेत असर पार्छ । त्यसमा अध्ययनमा कम नुन प्रय्पोग गर्ने मानिसहरुले काम स्पष्ट रुपमा गर्न सकेका थिए । तर नुन धेरै मात्रामा प्रयोग गर्ने मानिसहरुले कुनै पनि कुराको फैशला राम्रोसँग गर्न सकिरहेका थिएनन् ।
२, प्यास धेरै लाग्छ स् पानि कम पिएको कारण हामीलाई धेरै प्यास लाग्ने बुजाई हामी मध्ये धेरैमा हुने गर्छ । तर यो गलत हो । यदि हाम्रो शरीरमा नुनको मात्रा बढी भयो भने पनि हामीलाई प्यास धेरै लाग्ने गर्छ । त्यसैले यदि तपाईलाई प्यास धेरै लागिरहन्छ भने बुज्नुहोस तपाईको शरीरमा नुनको मात्रा बढी भएको छ ।
३, शरीर सुन्निन्छ स् नुन धेरै मत्राना खाने गरेमा हाम्रो शरीरको हातगोडा सुनिने गर्छन् । हाम्रो शरीरका विभिन्न भागहरु एक्काशी सुनिन थालानुको कारण नुनको मात्रा बढी हुनु पनि हुनसक्छ ।
४, पत्थरीको समस्या स् खानामा अधिक नुनको सेवनले मिर्गौलामा असर पार्ने गर्दछ । नुनको सेवनले पिसाबमा प्रोटिनको मात्रा बढ्ने गर्छ, जस आफैमा गम्भीर समस्या हो । यसका कारण मानिसहरुलाई मिर्गौलामा पत्थरी हुने गर्छ ।
५, उच्च रक्तचापको समस्या स् व्लड प्रेशर उच्च हुने व्यक्तिहरुलाई चिकित्सकहरु कम नुनको सेवन गर्न सुझाव दिने गर्छन् । किनकी आवश्यक्ता भन्दा बढी मात्रामा नुनको प्रयोगले शरीरमा उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ । त्यतिमात्र हैन, ज्यादा नुनुको प्रयोगले पेटमा छाला पैदा हुनसक्छ । अझ जनावरमा यसले कैसर पैदा गर्ने विभिन्न अनुसन्धानहरुले समेत जनाइसकेको छ ।
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार