अल्सरलाई आयुर्वेदिक उपायको माध्यमबाट निको पार्न सकिन्छ ।
काठमाडौं । अल्सर भन्नाले आन्द्रामा घाउ हुनुलाई बुजिन्छ । अल्सर ग्यास्ट्रिक बिग्रिएपछि हुने गर्छ । पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्ट पाइलोरी ब्याक्टेरिया, गलत खानपान, तनाव र डिप्रेसन जस्ता कारणले पनि मानिसलाई अल्सर हुने गर्छ । अल्सरको समयमा नै उपचार गरिएन भने यो बिग्रिएर क्यान्सर हुने गर्छ । त्यसैले यस समस्याले सताएको समयमा कुनै पनि प्रकारको लापरवाही गर्न हुदैन । अल्सरलाई हामी विभिन्न आयुर्वेदिक उपायहरुको माध्यमबाट निको पार्न सकिन्छ ।
यसबाट बच्ने आयुर्वेदिक उपायहरु यस्ता छन्
१, मुलेठी । एक गिलास पानीमा एक सानो चम्चा मुलेठीको धूलो हालेर मिसाउनुस् अनि १५ मिनेट त्यत्तिकै छोडिदिनुस् । त्यसलाई छानेर दिनमा तीनचोटि पिउनुस् । लगातार पिउँदा अल्सर निको हुन्छ ।
२, गाजर । गाजर र बन्दाकोभीलाई बराबर मात्रामा मिसाएर जुस निकाल्नुस् । दिनमा दुईचोटि यस जुसको सेवन दिनदिनै गर्नुस् । अल्सर नियन्त्रणमा रहन्छ ।
३, मेथीको दाना । एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा उमाल्नुस् र चिसो बनाएर छान्नुस् । त्यस पानीमा एक चम्चा मह मिसाएर दिनमा एकचोटि पिउनुस् । यसले पनि अल्सर हटाउँछ ।
४, अमला । राति एक गिलास पानीमा दुई चम्चा अमलाको धूलो, पिँधेको सोंठ र दुई चम्चा मिश्रीको धूलो मिसाएर भिजाउनुस् । बिहान यो पानी सेवन गर्दा अल्सरको समस्या समाधान हुन्छ ।
५, चिसो दूध । एक कप चिसो दूधमा आधी चम्चा कागतीको रस मिसाउनुस् । दिनमा दुईचोटि यसलाई सेवन गर्नुस् । अल्सरको समस्या समाधान हुन्छ ।
प्रकाशित मितिः २०७५ भदौ १० आइतबार