तौल घटाउने क्रममा हुने गल्तिहरु
भक्तपुर । तौल बढेर चिन्तित मानसिको लागी तौल घटाउनु निकै चुनौतिको बिषय हो । तौल बढ्नु भनेको रोगहरुलाई निम्तो दिनु सरह हो । अनावश्यक तौल बढ्नाले मानिसलाई विभिन्न खालका रोगहरु लाग्न सक्छ । त्यसैले उमेर अनुसारको तौल हुनु जरुरी छ । तौल घटाउने चक्करमा हामीबाट धेरै खालका गल्तिहरु हुने गर्छन् । जसले गर्दा हामी बिरामी पर्नुको साथै हाम्रो तौल झन् बढ्न पनि सक्छ । तौल घटाउने क्रममा बिषेस हामी खानपानमा लापरवाही गर्छौं । त्यसैले पनि हामीमा विभिन्न समस्याहरु आउने गर्छ ।
तौल घटाउने क्रममा हुने गल्तिहरु यस्ता छन्
१, जिरो क्यालोरी । तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ । जुन तपार्इंको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ । यसले गर्दा हामीलाई अन्य रोगले च्याप्न सक्छ ।
२, खाना छोड्ने तथा भोकै बस्ने । तौल घटाउँछु भनेर लामो समय भोकभोकै बस्नु बेकार छ । यसले तपार्इंको मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरिर आलस्य हुने र बिरामी बनाउँछ । ग्यास्ट्रिक तथा अन्य अल्सरजन्य रोगले तपाईलाई गार्हो पर्न सक्छ ।
३, औषधी तथा पिल्स खाएर दुब्लाउने कोसिस गर्नु । तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि शरिरलाई आवश्यक पर्छ ।
४, अधिक समयसम्म ब्यायाम गर्नु । अत्यधिक व्यायायमको परिणामले शरिरलाई घाइते बनाउछ । किनकी अत्यधिक व्यायमले मुटुमा अशर गर्न सक्छ । बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरिरलाई फाइदा हुन्छ ।
५, पखाला चलाउन कोसिस गर्ने । औषधीको प्रयोगले पाचन प्रणालीलाई कम्जोर पार्नुका साथै पेटसँग सम्बन्धितअन्य समस्या उत्पन्न हुनक्छ । पाचनपक्रियामा गडबढी गरी बारम्बार शौचालयजाने विधि धेरैले प्रयोग गरेका हुन्छ तर यस्तो गर्नु स्वास्थ्यको लागि हानि हुनसक्छ ।
६, धुम्रपान गर्नु । धुम्रपानले मोटोपनमा असर देखाउनुको साटो हाम्रो शरीरमा निकोटिन प्रवेश गरे झनै हानी गर्ने गर्छ । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्ने गर्छ । त्यहीभएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै अशर पर्दैन । तर, लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार