पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु
भक्तपुर । पानी हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । पानी बिना हामी हाम्रो जीवनको कल्पना पनि गर्न सक्देनौं । हामीले हाम्रो शरीरलाई चाहिने पानी प्रसस्त मात्रामा पिउनुपर्छ । पानीको कमीले गर्दा हाम्रो शरीरमा विभिन्न खालका समस्याहरु आउन सक्छन् । त्यसैले हामीले पानी पिउन कुनै पनि प्रकारको लापरवाही गर्न हुदैन । पानी पिउन हामीले जान्नुपर्छ । कतिखेर पानी पिउने र कतिखेर नपिउने भन्ने कुरा थाहा हुनुपर्छ । गलत तरिकाले पानी पिउँदा हाम्रो स्वास्थ्यमा समस्या आउन सक्छ ।
पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्
१, बिहान उठ्ने बित्तिकै दुइ गिलास पानी पिउनाले हाम्रो शरीरको सबै खालका विषाक्तहरु बाहिर निस्केर जान्छन् ।
२, उर्जाको मात्रा सहि राख्नको लागी व्यायाम गर्नुभन्दा १० मिनेट अगाडी एक गिलास पानी पिउने गर्नुहोस ।
३, व्यायाम गर्ने बित्तिकै पानी पिउनु हुदैन । व्यायाम गरेको २० मिनेट पछि पानी पिउने गर्नुपर्छ ।
४, चिया कफी पिउनुभन्दा अगाडी एक गिलास पानी पिउनाले हामीलाई एसिडिटी हुदैन ।
५, खाना खाँदा दुइ चुस्की पानी लिने गरेमा खाना मजाले पच्छ ।
६, नुहाउनुभन्दा अगाडी एक गिलास पानी पिउनाले हाम्रो शरको रक्तचाप स्थिर रहने गर्छ ।
७, खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ ।
८, थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ ।
९, सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघातबाट बच्नुुहुनेछ ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार