बच्चाको उचाइ बढाउनको लागी

भक्तपुर न्यूज

३१ साउन २०७५ ६:३६

बच्चाको उचाइ बढाउनको लागी

भक्तपु ३१ साउन । बच्चाको शारीरिक बिकासको लागी पोषणयुक्त खानेकुरामा ध्यान दिनुपर्छ । उनीहरुलाई उमेर अनुसार पोषणयुक्त खानामा कमी आउन दिन हुदैन । उमेर बद्धै जाँदा उमेर अनुसार बच्चाको उचाइ पनि बढेको छ कि छैन भन्ने कुरा अभिभावकले पनि ध्यान दिनुपर्छ । उमेर अनुसार बच्चाको विकास भएन भने अभिभावकहरुले के कारणले गर्दा भएन भन्ने कुरा बुज्नु जरुरी छ । बच्चाको उचाइ नबढेको कारण अभिभावकहरु चिन्तित हुने गर्छन् । कसरी आफ्नो बच्चाको उचाइ बढाउने भन्ने कुरा कतिपय अभिभावकलाई थाहा हुदैन ।

बच्चाहरुको उचाइ बढाउनको लागी यस्ता चीजहरु खुवाउनु राम्रो हुन्छ ।

१ , बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको जरुरत हुन्छ जसमा प्रटिन तथा क्याल्शियम हुनछ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।

२, अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी २, रिबोफ्लाबिन आदि जरुरी तत्व हुन्छ । जसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न मद्दत गर्छ ।

३, चिकनमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ । जसले बच्चाको शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

४, केरामा प्रशस्त मात्रामा बिभिन्न प्रकारका भिटामिन पाइन्छ । यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ । र केरामा म्मयाग्नेशियम, पोटाशियमका साथै क्याल्शियम जस्ता पोषक तत्व पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *