किसमिसले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन्

भक्तपुर न्यूज

२९ साउन २०७५ ७:१४

किसमिसले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन्

भक्तपुर साउन । ड्राइ फ्रुट्सहरु मध्ये किसमिस पनि एउटा हो । किसमिस अन्यको तुलनामा निकै मिठो पनि हुने गर्छ । यसलाई हामि खिर , हलुवा जस्ता खानेकुराहरुको स्वाद बढाउनको लागी प्रयोग गर्ने गर्छौं । यो हाम्रो स्वास्थ्यको लागी पनि लाभदायक मानिन्छ । यसमा विभिन्न खालका मिनेरल्सहरु प्रसस्त मात्रामा पाइन्छ । चिकित्षकहरु हरेक दिन किसमिस खाना सल्लाह दिने गर्छन् ।

किसमिस खाँदा हामीलाई पुग्ने फाइदा यस्ता छन्

१, हाड बलियो बनाउन, हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग अस्टिओपोरेसिसमा राहत दिन्छ । घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

२, आँखाको ध्यान, आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ ।
उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।
यसका अलावा किसमिस खाँदा कोलेस्ट्रोलबाट बचिन्छ, स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्छ, तौल बढ्छ, गिजा स्वस्थ रहन्छ, मिर्गौला र कलेजो सुरक्षित रहन्छ ।

३, किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।

४, कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ ।

५, किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल ९ बोसो ० को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *