इबोलाका कारण थप दश जनाको मृत्यु

भक्तपुर न्यूज

२६ साउन २०७५ ४:०३

इबोलाका कारण थप दश जनाको मृत्यु

भक्तपुर २६ साउन । कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दशौं लाख मानिस बस्ने गोमा शहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् । कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौं मृत्यु भइसकेको समाचारमा जनाइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *