लिङ्ग पहिचान गरी गर्भपतन गराउनेलाई तीन देखि ६ महिनासम्म कैद

भक्तपुर न्यूज

२५ साउन २०७५ ७:१८

लिङ्ग पहिचान गरी गर्भपतन गराउनेलाई तीन देखि ६ महिनासम्म कैद

काठमाडौं २५ साउन । भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता एनका अनुसार लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई पनि तीन महिनादेखि ६ महिनासम्म कैद हुनेछ । लिङ्ग पहिचान र लिङ्ग पहिचान पछिको गर्भपतन दुबै दण्डनीय हुने मुलुकी ऐनमा उल्लेख छ ।

यसैगरी कसैको करकापमा गर्भपतन गराएमा पाँच वर्षसम्मको कैद सजाय हुने भएको छ । विधेयक अनुसार करकापमा गर्भपतन गराएमा मुलुकी अपराध संहिताको दफा १ सय ८८ बमोजिम कारबाही हुनेछ ।

संहिताअनुसार १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । २५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *