ल्वाङका फाइदाहरु

भक्तपुर न्यूज

२४ साउन २०७५ ११:२८

ल्वाङका  फाइदाहरु

भक्तपुर २४ साउन । ल्वाङलाई मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । खानाको स्वाद बढाउन यसले मद्धत गर्छ । खानामा मात्र नभई यसको महत्व आयुर्वेदमा पनि छ । आयुर्वेदमा यसको महत्व छुट्टै छ । ल्वाङलाई विभिन्न खालका औषधिहरु बनाउन बढी प्रयोग गर्ने गरिन्छ । यसले विभिन्न रोगहरुलाई निको पार्छ ।

यसका फाईदाहरु यस प्रकार छन

– एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाली पानी चिसो भएपछि पिउँदा पेटमा ग्यासको समस्याबाट राहत मिल्छ ।

– ८–१० गोटा ल्वाङलाई पिसि नरिवल तेलमा मिसाएर दैनिक मसा जगर्ने हो भने टाउको दुख्न कम हुन्छ ।

– ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाई दैनिक खाएमा पेटमा जुका परेको छ भने हटाउँछ ।

– दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउँदा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।

– एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर मनतातो बनाएर पिउँदा रुघा र ज्वरो आएको समयमा लाभदायक हुन्छ ।

– दाँतको दुखाईमा पनि दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाई दातमा घस्ने हो भने दुखाई कम हुन्छ ।

– तोरीको तेलमा केहि गोटा ल्वाङ पिसेर मिसाई मसा जगर्ने हो भने गर्धन दखेको ठिक हुन्छ ।

– मुखमा घाउ भएको बेला २–३ वटा ल्वाङ हल्का भुटेर मुखमा राखी चुस्दा निको हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *